अछाममा आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु



धर्मेन्द्र बिसी,अछाम ।

कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमणको आशंंकामा जिल्ला अस्पताल अछामको आईसोलेशनमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको छ ।बैशाख १५ गते बिरामी भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिकाकी ५१ बर्षीय महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।

कोरोना भाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसोलेसिनमा राखेर उपचार सुरु गरिएको डा शरदचन्द्र बरालले बताउनु भयो ।

यसअघि जिल्ला अस्पतालमा आरडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको डा बरालले जानकारी सिदनुभयो । बिरामीका आफन्तसँग उहाँको बारेमा बुझ्दा उहाँ गाउँघरका केही आफन्त र जिल्ला बाहिर बाट आएकाहरुसँग सम्पर्कमा रहेका कारण कोरोना संक्रमणको आशंका गरिएकाले स्वाब संकलन गरी सुर्खेत पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।आज नै पिसिआर परीक्षणका लागि स्वाब सुर्खेत पठाई सकिएकाले भोलिसम्म रिपोर्ट आईपुग्ने ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्