सात जनाको पिसिआर नेगेटिभ



घनश्याम बगाले,नवलपरासी।

पूर्वी नवलपरासीका ७ जनाको कोभिड उन्नाईस नमूना स्वाव परीक्षण पीसिआर नेगेटिभ आएको छ । अरव देशबाट आएका भोजपुरका युवामा पीसिआर पोजेटिभ देखिए पछि संगै आएका नवलपरासीका ३ जनाको स्वाव परीक्षणका लागि पोखरा पठाइएको थियो ।

परीक्षणमा हुप्सेकोटका २, मध्यविन्दुका १ युवा र उनीहरुको परिवार तथा उदयपुरबाट आएका अर्का एक गरी ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
विदेशबाट आएका ३ जना युवा यस अधि सेल्फ क्वारेन्टाईनमा रहेर निर्धारित दिन विताई घर गएका थिए ।

तिनै युवाहरु घरमै बसिरहेका बेला भोजपुरका युवाको रिपोर्टले परिवार सहित सवैलाई झस्काई दिए पछि उनीहरुको पीसिआर परीक्षण गरिएको हो ।बुधबार जिल्लामा अन्य ७ जनाको आरडीटी गर्दा पनि नेगेटिभ नतिजा आएको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताउनु भयो । जिल्लामा हाल सम्म ५३ जनाको नमूना स्वाव संकलन गरि पीसिआर विधिबाट परीक्षण गरिएकोमा सबैको नेगेटिभ नतिजा आएको छ ।

प्रतिक्रिया दिनुहोस्