भवनबाट खसेर मजदुरको मृत्यु



न्युज अफ नेपाल,नवलपरासी ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी स्थित होंड.सी शिवम सिमेन्ट उद्योगमा बुधबार एक मजदुरको भवनबाट खसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का २५ वर्षीय युवक मदनदास श्रेष्ठ रहेको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

श्रेष्ठ कारखानाकै काममा लागेको अवस्थामा अचानक भवनको दुईतला माथि रेलिड.गबाट खसेर सिमेन्टेड भूईमा ठोक्किएका थिए ।  भवनबाट खसेर टाउकोमा गंभीर चोट लागेका श्रेष्ठको उपचारर्थ भरतपुर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्