राहत कोषलाई नेपाली कांग्रेस व्यास नगरको ५ लाख



मिला दरै,तनहुँ ।

व्यास नगरपालिकाद्वारा स्थापित कोभिड १९ राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोभिड १९ को मारमा परेका विपन्न परिवारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापित राहत कोषमा नेपाली कांग्रेस व्यास नगर समितिले ५ लाख सहयोग गरेको छ ।

कोभिड १९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुरहरुको सहयोगार्थ नगर समितिले सो रकम नगरपालिकाको राहत कोषलाई हस्तान्तरण गरेको आर्थिक सहयोग संकलन समितिका संयोजक एवं नगर सहसचिव डम्बर अधिकारीले जानकारी दिनुभयो ।

नगर समितिले बुधबार एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई सो रकम हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेले रकम हस्तान्तरण गर्दै कोभिड १९को मारमा परेकालाई राहत पु¥याउने उद्देश्यले गरेको बताए । साथै सहयोगले कांग्रेस दुःखको घडीमा सधैं जनताको साथमा रहेको सन्देश प्रवाह हुने समेत नगर सभापति वाग्लेको भनाई छ ।

राहत कोषमा संकलित रकम सही काम उपयोग गर्न समेत उहाँले सुझा दिनुभएको थियो । ‘पार्टी स्थापना काल देखि आज घडीसम्म कांग्रेस सधै जनताको पक्षमा छ,’ उहाँले भन्नुभयो । त्यस्तै मेयर न्यौपानेले लकडाउन लम्बिएसँगै मध्यम वर्गमा समेत विभिन्न असर देखिन थालेको बताउनुभयो ।

उहाँले नगरपालिकाको राहत कोषबाट एक करोड मध्ये ५० लाख खर्च भइसकेको बताउनुभयो । संकलित रकम विवाद रहित तवरबाट विपन्न परिवारलाई वितरण गर्ने उहाँको भनाई छ । व्यास नगरपालिकाका ९ नम्बर वडाबाट १८ हजार ५ सय र १४ बाट १८ हजार रुपैयाँ समेत प्राप्त भएको नगर समिति सचिव मोहन कुमार श्रेष्ठले बताउनुभयो । ‘वडाहरुबाट प्राप्त रकम समेत व्यास नगरपालिकालाई हस्तान्तरण गरिसएिको छ,’ श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्