स्थानीय सरकार र पत्रकारलाई स्वास्थ्य सामाग्री



मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्लामा रही विभिन्न पेशा र ब्यवसायमा संलग्न युवा ब्यवसायी सुमन भुजेलले स्थानीय सरकार मण्डन देउपुर नगरपालिकालाई अत्यावश्यक सामाग्री पिपिई उपलब्ध गराउनु भएको छ । विमा क्षेत्रको एजेन्सीहरुको विश्वब्यापी महासंघ (एमडीआरटी) का नेपाल सदस्य एवं युनियन लाईफ इन्स्योरेन्सका युवा ब्यवसायी सुमन भुजेलले ब्यक्तिगत खर्चमा उच्च सुरक्षाको पाँच थान पिपिई मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवालाई हस्तान्तरण गर्नु भएको हो ।


‘सरकारलाई ब्यक्तिगत रुपमा धेरै सहयोग गर्न सक्ने हैसियत नभए पनि क्षमता अनुसार खरिद गरी पिपई हस्तान्तरण गर्न पाउँदा सन्तुष्ट छु’–भुजेलले भन्नुभयो–‘तत्काल उद्धार र उपचारका लागि थोरै सहयोग पुग्ने विश्वास लिएको छु ।’ नगर प्रमुख टोकबहादुर वाईवाले सरकारलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भईरहेकाले सहयोगीहरुलाई कोरोना पूर्ण रुपमा नियन्त्रण भए सँगै संस्थागत रुपमा धन्यवाद दिने बताउनु भयो ।

यस अघि भुजेल सहित होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य एवं भिआईपी थकाली रेस्टुरेन्टका प्रोपाईटर कृष्ण श्रेष्ठ र भिआईपी रेष्टुरेन्ट बनेपाका प्रोपाईटर प्रकाश श्रेष्ठले ब्यक्तिगत खर्चमा विपद ब्यवस्थापन समिति काभ्रेपलाञ्चोका लागि १० थान र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना र महासंघ काभ्रेका कार्यसमिति सदस्य देवराज केसीलाई एक र एक थान पिपिई उपलब्ध गराउनु भएको छ ।

तिमल्सिना र केसीले तत्कालै उक्त पिपिई जिल्ला विपद् ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै नेकपा बागमती प्रदेश कमिटी प्रचार विभागका सचिव ध्रुर्वप्रसाद घिमिरेले प्रेस संगठन काभ्रेका लागि ३० बाक्सा माक्स र ३० थान स्यानिटाईजर उपलब्ध गराउनु भएको छ । संगठनका संयोजक भुवन रायमाझी, सह संयोजक रामकृष्ण बञ्जारालाई घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।

बागमती प्रदेश प्रचार विभाग सदस्य डिलबहादुर थोकर, बागमती प्रदेश नेपाल पत्रकार महासंघका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका केन्द्रिय सदस्यद्धय नवराज बजगाई, पेमा लामा लगायत जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । यस अघि बागमती प्रदेश इन्चार्ज विश्वमणी सुवेदीलाई संगठनका संयोजक रायमाझी र सह संयोजक बञ्जारा मार्फत स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको थियो ।

प्रेस संगठन ललितपुरका नेता एव बाग्मती प्रदेश सदस्य रामहरी कार्की मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ५ पिस ज्याकेट उपलब्ध गराउनु भएको छ । यस अघि क्लिन सिटी मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ हजार ५ सय माक्स उपलब्ध गराईएको थियो भने काभ्रे उद्योग बाणिज्य संघ मार्फत ३० थान स्यानीटाईजर उपलब्ध गराईएको थियो । पुर्व मन्त्री गोकुल बास्कोटाले स्थानीय सरकार, स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको थियो । विभिन्न निकायहरुले स्थानीय सरकारको विपद कोषमा सहयोग उपलब्ध गराउँदै आएका छन् । क

प्रतिक्रिया दिनुहोस्