लघुवित्तले नगरपालिकालाई राहत हस्तान्तरण



दिलकुमार लिम्बू, ताप्लेजुङ

ताप्लेजुङमा अवस्थित लघुवित्त संस्थाका शाखा कार्यालय लघुवित्त समन्वय समितिले फुङलिङ नगरपालिकाको मातहतमा वितरण हुने गरि पाँच क्विन्टल खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्व माहमारी कोरोना भाइरसको कारणले देश लक डाउनको समयमा रोजागारि गुमाएका ताथ अति विपन्न परिवारलाई लक्षित गरि ५ क्वीन्टल चामल फुङलिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरिएको लघु वित्त समन्वय समिति ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारि दिन भयो ।

फुङलिङ नगरपाकिालको सवै वडामा दोश्रो चरणको तथ्याङ्क संकलन सकिएपछि विभिन्न क्षेत्रबाट प्राप्त भएको राहतलाई अति प्रभावित परिवारलाई वितरण गरिने नगरप्रमुख प्याकुरेलले जानकारी दिनुभयो ।

अहिले ताप्लेजुङमा संचालित ११ वटा लघुवित्त संस्थाहरुमा आवद्ध कर्मचारीबाट आर्थिक संकलन गरि सो राहत हस्तान्तरण गराएको संस्थाका अध्यक्ष घिमिरेले जानकारि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्