ललितपुर महानगरले गरीब र दैनिक ज्यालादारी गर्नेलाई सुरु ग-यो मेस 



न्युज अफ नेपाल,ललितपुर ।
ललितपुर महानगरपालिकाले गरीब, असहाय, दैनिक मजुदरी गर्ने श्रमिकका लागि खान खुवाउन मेस ९ सामूहिक भोजन० सुरु गरेको छ । यो मेस लकडाउनको समयसम्मका लागि हो ।
यो मेस अहिले वडा नं ३ र १५ मा सुरु भइसकेको छ । अन्य वडाहरुमा आवश्यक सामान पु¥याइसकेको महानगरपालिकाले जनाएको छ । आवश्यक तयारी जतिसक्दो छिटो पुरा गरेर मेस संचालन गरिने महानगरले उल्लेख गरेको छ ।
सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट जोगिन लम्बाएको लकडाउनका कारण गरीब, र श्रमिक वर्गलाई हात मुख जोर्ने समस्या नहोस् भनेर मेस संचालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।
यसअघि ललितपुर महानगरले नेपाल सरकारले गरेको राहत वितरणको निर्देशनलाई आधार मानेर महानगरपालिकाको स्रोतले भ्याउने गरी राहत वितरण गरेको थियो ।
मेस संचालन कुन ठाउँमा गर्ने वडा कार्यालयले नै निर्णय गर्ने महानगरपालिकाले जनाएको छ । ‘खुल्ला र सफा स्थानमा सामाजिक दुरी कायम गरेर मेस संचालन गर्न हामीले भनेका छौं ’ प्रमुख महर्जनले बताए । मेसमा दिनको दुई पटक खाना खुवाइनेछ । बिहान १० बजे र साँझ ६ बजे खाना खुवाइनेछ ।

प्रतिक्रिया दिनुहोस्