गाउँ फर्कन लिखित अनुमती



घनश्याम बगाले,नवलपरासी ।

पूर्बी नवलपरासीको पहाडी बौद्धिकाली गाउंपालिकाले जिल्ला बाहिरबाट आउने जो कोहीले घर आउनुपूर्व लिखित अनुमति लिनु पर्ने भन्दै कडाई गरेको छ ।
काठमाण्डौ या अन्यत्रबाट घर आउदा ब्यक्तिगत या सामुहिक अनुमति लिई पालिकाले तोकेको स्थानमा स्वास्थ्य जांच गराई क्वारेन्टाईनमा अनिवार्य बस्नु पर्ने जनाएको छ ।

क्वारेन्टाईनमा रहदा जो कोहीले कोभिड उन्नाईसका नियमलाई उल्लंघन गरेमा प्रहरी सहयोगमा पक्राउ गरी कुनै पनि प्रकारको राहत सुविधाबाट बन्चित गर्ने पालिकाले निर्णय गरेको छ । साथै पालिकाले कोरोना संत्रासका बेला एक पटकका लागि अनुमति सहित गाउं फर्कनेलाई ब्यवस्थित सहजिकरणका लागि अनुरोध गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्