गाउँ फर्किए काठमाडौँमा अलपत्र परेकाहरु



घनश्याम बगाले,नवलपरासी ।

लकडाउनका कारण काठमाण्डौमा अलपत्र नवलपुरको पहाडी क्षेत्रका बासिन्दा बुधबार आफ्नै गाउं फर्किएकाछन् ।नेपाली कांग्रेस महामन्त्री एवं नवलपुर १ का संघीय सांसद शशांक कोईरालाको सहयोगमा आईतबार र मंगलबार गरी करिव २ सय २ जना जिल्ला फर्किएकाहुन् ।

मंगलबार राती काठमाण्डौबाट आएका ८२ जना मध्ये बालबालिका सहितका २७ जना कावासोतीबाट बुधबार विहान पहाड तर्फ लागेकाछन् ।
बौंदिकाली र बुलिड.गटार गाउं पालिकाको विभिन्न गाउंका उनीहरुलाई पहाड जाने बसको ब्यवस्था गरी पठाइएको प्रदेस सांसद स्वकीय सचिव गोविन्द लामिछानेले बताउनु भयो ।

तरुण दल जिल्ला सभापति सूर्य गुरुंगका अनुसार गाउं फर्कने यात्रुलाई बसमा राख्नु पूर्व कावासोती स्थित विपि चोकमा स्प्रे द्धारा स्यानीटराईज्ड गरी माक्स वितरण गरिएको थियो ।

सोही क्रममा नेपाली काग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले यात्रुहरुलाई गन्तब्यमा पुगेर आफ्नो र सामाजिक स्वास्थ्यका लागि पालिकाले तोकेको नियममा रहन आग्रह गर्नु भयो । जिल्ला बासीलाई घर फर्कन नेपाल तरुण दल र नेवि संघ नवलपुरले सवारी साधनको ब्यवस्थापन गरी समन्वयकारी भूमिका निर्वाह गरेको अध्यक्ष राजेश पौडेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्