प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण



न्युज अफ नेपाल,विराटनगर ।

प्रदेश १ मा ५ हजा ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल २ हजार १ सय ४० जना पुगेको छ । १७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्