सरकारविरुद्ध तरुण दलको बिरोध प्रदर्शन



मिला दरै,तनहुँ ।

नेपाल तरुण दल व्यास नगरले मंगलबार दमौलीमा विरोध प्रदर्शन गरेको छ । कोभिड १९को संक्रमण फैलिन नदिन अहिले देश लकडाउनले सरकारले गरेका नकरात्मक कार्यहरुप्रति तरुणले विरोध प्रदर्शन गरेको हो । लकडाउनका बीच तरुण दल व्यास नगर सडकमा उत्रिएको छ ।

सञ्चारकर्मीले समाचार लेखेकै भरमा दण्डित हुनुपर्ने, सरकारको विरुद्धमा जनतालाई बोल्ने अधिकार खोसिनु र सामाजिक सञ्जालमा आफ्नो विचार राख्नेलाई समेत साइबर क्राइमको मुद्दा दर्ता गरी व्यक्ति स्वतन्त्रतामा रोक लगाउने गरेको सरकारको विरोधमा तरुण दल सडकमा उत्रिएको हो । नेपाल तरुण दल व्यास नगर समितिद्वारा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । दमौलीको मुख्य चोकमा सरकारका पछिल्ला कार्यको विरोध कार्यक्रमका क्रममा आयोजित कोण सभामा प्रहरीले हस्तक्षेप गरेको हो ।

तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवनचन्द ठकुरीले बोल्ने क्रममा प्रहरीले तरुण दलको झण्डा खोस्न खोजेको थियो । सोही क्रममा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल लगायत तरुणहरुले प्रहरी हस्तक्षेपको प्रतिरोध गरेका थिए । तरुणहरुको प्रतिरोध पछि झण्डा खोस्ने विषयमा प्रहरी पछाडि हटेको थियो । त्यस लगत्तै कार्यवाहक सभापति ठकुरीले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले कोरोना भाइरसको मारमा परिरहँदा सरकार भने अपहरण र भ्रष्टचारमा लिप्त रहेको बताउनुभयो । सरकारका यस्ता गतिविधी नेपाली कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने वास्तोलाको भनाई थियो । त्यस्तै कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले तनहुँबाट निर्वाचित सांसद र पूर्व आइजीपीको पछिल्लो हर्कतले सिङगो तनहुँवासीको शीर निहु¥याएको बताउनुभएको थियो । उहाँहहरुलाई तत्काल मुद्दा दर्ता गरी कार्वाही गर्नुपर्ने माग समेत खनालले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्