एनआरएनए स्पेन उपाध्यक्ष गिरीद्वारा राहत कोषमा सहयोग



दीपेन्द्र गजुरेल,स्पेन ।

एनआरएनए स्पेनका उपाध्यक्ष तथा ब्यवसायी एवम् सामाजिक अभियन्ता दिनेश कुमार गिरीले कोरोना राहात कोषमा ३ सय ३ युरो सहयोग गरेका छन् । बार्सिलोनामा लामो समय देखि रेष्टुरेन्ट ब्यवसायी गर्दै आएका गिरीले एनआरएन स्पेनको राहत कोषमा विभिन्न संघ संस्थाद्वारा बनाईएको सहयोग समितिलाई रकम हस्तान्तरण गरेको राहत समितिले जनाएको छ ।

छोरा आभाष गिरीको जन्मदिनको अवसरमा कोरोना भाइरस र लक डाउन भएकोले जन्मदिनमा लाग्ने खर्च बराबरको रकम सहयोग गरेको उपाध्यक्ष गिरीले बताए ।उपाध्यक्ष गिरी भन्छन् ,”कोरोना भाईरसले आक्रान्त बनाईरहेको अवस्थामा सबैलाई अप्ठारो परेको छ, घरमा बच्चाहरूलाई जम्मा पारेर बर्थडे मनाउनु भन्दा समस्यामा परेका नेपालीहरूलाई आ(आफ्नो तर्फबाट सकेको सहयोग गर्नु मानविय दायित्व सम्झेर छोराकै सल्लाहमा जन्मदिनमा सहयोग गरेका दावी गरे।”
सामाजिक अभियन्ता तथा उपाध्यक्ष गिरीले यसअघि पनि छोरी आश्रीया गिरी अन्नप्राशनको अवसरमा एनआरएन स्पेनको भवन खरिद समितिलाई १ हजार युरो सहयोग गरेको बताए ।

पुर्खा देखि नै मानविय सहयोग गर्नुपर्छ भन्ने घरमा अभिभावकको संस्कारलाई निरन्तरता दिदै एनआरएनए उपाध्यक्ष समेत रहेका गिरीले तिन जना आफ्नो ब्यवसायीहरू संग सहकार्य गरेर धुर्मुश-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्व क्रिकेट रंगशालालाई १ हजार युरो सहयोग यस अघि नै गरेका थिए ।

स्पेनमा हुने विभिन्न राजनिति कार्यक्रमहरू देखि सामाजिक गतिविधिमा निरन्तर सहयोग गर्दै आइरहेका गिरी बार्सिलोनाका एक सफल ब्यवसायी तथा सामाजिक अभियन्ता समेत हुन ।

प्रतिक्रिया दिनुहोस्