ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



दिलकुमार लिम्बू ताप्लेजुङ ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । खाद्यान्न लगायतका सामाग्री लिन खाम्दिम्बे बजार तर्फ गईरहेको ०१–०१ –००१ त ८२४८ नम्बरको ट्याक्टर नासपाते भन्ने ठाउँमा दुर्घटनामा पर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–५ का २२ वर्षिय निर्मल लामिछानेको मृत्यू भएको हो ।

सह चालक रुद्र पौडेल गम्भिर घाईते भएकाछन् । उनि सिरिजंघा गाउँपालिका २ का बासिन्दा हुन् । घटना स्थलमा ईलाका प्र’हरी कार्यालय तेल्लोक बाट प्रहरीको टोली गएको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्