प्रदेशका पत्रकारलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सहयोग



रोशन पराजुली,हेटौंडा ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले प्रदेशमा कार्यरत् पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौंडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह र सञ्चार रजिष्ट्रार रेवती सापकोटाको उपस्थिति थियो ।

महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागार्इंलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पु¥याइनेछ ।

पत्रकारहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रारको कार्यालयप्रति महासंघले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्