भुपु सैनिक बोर्डिङ स्कुलद्वारा गल्याङ नगरपालिकालाई ४० हजार बराबरको खाद्यान्न सहयोग



भूपराज बस्याल, स्याङ्जा ।

गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ । आइतबार पनि विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरेका छन् ।

आइतबार गल्याङ नगरपालिका ३ मा रहेको श्री भुपु सैनिक बोर्डिङ स्कुलले झण्डै चलिस हजार रुपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । विद्यालयले आटा, चामल, तेल, नुन, दाल, फुरन्दाना, चाउचाउ र सोयाविन गरी ३९ हजार चार सय ४० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयका अध्यक्ष यौबहादुर रानाले विपदको बेलामा विद्यालयको तर्फबाट केही राहत सामाग्री प्रदान गरिएको बताउनुभयो । सहयोग सामाग्री हस्तान्तरण गर्दै विद्यालयका प्रिन्सीपल गोपाल गाहाले गल्याङ नगरपालिकाले कोरोना रोकथामका लागि साबधानी अपनाउन, विपदमा परेकाहरुको उद्दार र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

यस्तै, गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका ३ मा रहेको श्री महिला सेवा बहुउद्देश्यीय सहकारी संस्थाले ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष इन्दीरा लुईटेल सहित संस्थाका पदाधीकारीहरुले यो रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका ३ मा रहेको श्री जनसेवा युवा क्लबबाट रु. ५००० र श्री जनसेवा आमा समूहबाट रु. ४,००० सहयोग गर्नुभएकोमा छ । जनसेवा युवा क्लबका अध्यक्ष सोमन्त अधिकारीले यो रकम हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी श्री दिमिक कृषि सहकारी संस्था लिमिटेडले ११ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष टंकप्रसाद भट्टराईले नगरप्रमुख भुपराज अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्राप्त सहयोग विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो ।

नगरप्रमुख अधिकारीले क्वारेन्टाइनमा राखिएकाहरुको व्यवस्थापन र उद्दार गर्ने कार्यमा नगरपालिकाले कुनै कमी नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘नगरवासीको पूर्ण अभिभावकत्व ग्रहण गर्ने कुरामा हामी प्रतिबद्व छौं ।

प्रतिक्रिया दिनुहोस्