दिवेशलाई अमेरिकन आइडल बनाउन नेपालबाटै भोट गर्न सकिने



विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारण पार गर्दै अगाडि बढिरहेका नेपाली प्रतिभा दिवेश पोखरेललाई अबका दिनमा अगाडि बढ्नका लागि उनका प्mयानले प्रत्यक्ष सहयोग गर्न सक्ने भएका छन्। किनभने अबका दिनमा उनलाई यो रियालिटी शोमा अगाडि बढ्न उनलाई आप्mना प्mयानहरूको भोटको आवश्यकता पर्नेछ।

रियालिटी शोका निर्णायकहरूकै पनि प्यारा बन्न सफल दिवेशले आप्mनो फेसबुक पेजमार्फत प्mयानहरूलाई भोट गर्न अपिल गरेका छन्। अध्ययनका सिलसिलामा केही वर्ष अघिदेखि अमेरिका बस्दै आएका दिवेशले यहाँसम्म आउन सघाउने सबैलाई धन्यवाद दिँदै आफूूलाई भोट गर्न अपिल गरेका छन्। अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीका अगाडि प्रत्यक्ष प्रस्तुति दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान शुरू गरिएको छ। यसअन्तर्गत उनका परिवार र साथीभाइसहित नेपाली प्mयानले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्।

दिवेशलाई अमेरिकन आइडलमा अगाडि बढाउन नेपालबाट पनि भोट गर्न सकिनेछ। दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन्। उनका अनुसार अमेरिकन आइडलको मोबाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत भोट गर्न सकिनेछ। प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ। दिवेशका लागि भोटिङ खुला भइसकेको छ। उनलाई आगामी अप्रिल २९ तारिखसम्म भोट गर्न सकिनेछ। एक जना व्यक्तिले ३ फरक–फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्