लिरिकल यात्रा सार्वजनिक



थपिँदै र लम्बिँदै गएको लकडाउनको समय कटाउन धेरैलाई मुस्किल परिरहेको छ। लकडाउनको यो पट्यारलाग्दो समय सरलरुपमा बिताउन सहयोग पुगोस् भन्ने हेतुले यो सययमा विभिन्न सिर्जना सार्वजनिक भइरहेका छन्।

यसै सिलसिलामा यात्रा शीर्षकमा एउटा छन्द कविता लिरिकल अडियोका रूपमा सार्वजनिक भएको छ। नेपाल समाचारपत्रका सम्पादक कपिल काप्mलेको रचनामा तयार भएको यो छन्द कविता गायक हरिदत्त फुलाराले हार्मोनियमका साथमा छन्दकै रूपमा वाचन गरेका छन्।

माध्यमिक स्कुल र कलेजको शुरुआती दिनमा छन्द कविता रचना गर्दै आएका काप्mलेले यो कार्य बीचमा चट्टकै छोडे पनि लकडाउनका बेला पुनः अभ्यास गरेका हुन्। लकडाउनका भुक्तभोगी सबैमा समर्पित गरिएको यो श्रवणीय कविता करिब साँढे सात मिनेट लामो छ। कविताले वर्तमान परिवेश र पीडालाई चित्रण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्