विश्वव्यापी ऐतिहासिक कन्सर्ट !



लन्डन,एजेन्सी ।

विश्वभरि कोरोना भाइरस महामारीबाट मानव जगतको रक्षा गर्नका लागि अग्र मोर्चामा बसेर सेवामा समर्पित सबैको समर्थनमा चर्चित कलाकार सम्मिलित विशेष कन्सर्टको लाइभ स्ट्रिम र टेलिभिजनबाट प्रशारित हुने भएको छ ।

‘ दि वल्र्ड : टुगेडर एट होम ’ नामक सोमा रोलिंग स्टोन्स र बिल्ली एइलिस लगायत एकसय जना भन्दा बढि गायक गायिकाले आ–आफ्ना घरबाट प्रत्यक्ष गीत तथा संगीत कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

विश्वव्यापि यस आठ घण्टा लामो ऐतिहासिक कार्यक्रम ग्लोबल सिटिजन मुभमेन्ट र विश्व स्वास्थ संगठन ९ डब्ल्युएचओ ० ले आयोजना गर्न लागेको हो ।

अमेरिकी लोकप्रिय टेलिभिजन व्यक्तित्व स्टफन कोल्वर्ट , जिम्मी किम्मेल र जिम्मि फ्याल्लोनले चलाउने तथा आइतवार प्शारण हुने यस कार्यक्रममा एल्टन जोह्न , टलर स्फ्टि र अ‍ेपराह विन्फ्रि लगायत अन्य कलाकारको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्