अनलाइनबाटै प्रतिभामूलक स्पर्धा



कोरोना संक्रमणको असरलाई रोकथाम गर्न लागू गरिएको लकडाउनको समय बढिरहँदा विद्यार्थी वर्गलाई समय बिताउन गाह्रो परिरहेको छ।
सरकारले अनलाईनमार्पmत पठनपाठन गराउने योजना बुनिरहेको बेला विद्यार्थीहरुको समयलाई सदुपयोग गर्दै जोरपाटी नयाँवस्तीस्थित चाल्र्स डार्विन एकेडेमीले भने केही समयअगाडिदेखि घरबाटै विद्यार्थीलाई सिर्जनात्मक कार्यमा सहाभागी गराउँदै आइरहेको छ।

यस समयलाई विद्यार्थीले भरपुर सदुपयोग गरून् भन्ने उद्देश्यका साथ विद्यालयले अनलाइनमार्पत भर्चुअल रुपमा प्रतिभा प्रस्फुटन गराउँदै आएको छ। बालबालिकालाई सिर्जनात्मक कार्यमा सहभागी गराउँदै उनीहरुको विभिन्न सिर्जना विद्यालयको फेसबुक पेजमर्फत प्रकाशन गर्दै प्रोत्साहन गरिरहेको छ।
विद्यालयले आफ्ना विद्यार्थीलाई अभिप्रेरीत गर्ने हिसाबले केही दिन यता हरेक दिन उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको समेत व्यवस्था गर्दै आएको छ।

जसअनुसार प्रतियोगितामा दैनिक रूपमा विद्यालय प्रशासनले दिएको एउटा थिम टपिकमा चित्र, कविता, गीत, नाटक, नृत्य, निबन्ध आदि पठाउनुपर्ने प्रावधान राखिएको छ। ती विषयमा रहेर प्राप्त रचनात्मक सामग्रीअनुसार प्रत्येक दिन साँझ बिजेता घोषणा गरी पुरस्कारको समेत व्यवस्था गरिँदै आएको छ।

कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु सहभागी हुन सक्ने यस प्रतियोगितामा लकडाउनको समयलाई मध्यनजर गर्दै मोबाइल रिचार्ज ट्रान्सफर गर्ने गरिएको विद्यालयले जानकारी गराएको छ। हालसम्म विभिन्न कक्षाका विद्यार्थीहरु सिमोन्सराज पोखरेल, निश्चल जंग थापा, विजय चौलागाईं, रीतिका रौनियार यो प्रतियोगिताको विजयी भइसकेका छन्।

लकडाउनको समयमा विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउन र ब्यस्त राख्नका लागि आफूहरुले सानो प्रयास गरेको विद्यालयका प्रिन्सिपल युवराज काफ्लेले बताए। ‘हामीले अझ धेरै विद्यार्थी तथा अभिभावकको सहभागिता गराउने हेतुले दैनिक रूपमा बिजेता घोषणा गर्ने निर्णय गरेका हौँ’ उनले भने– ‘यसअनुसार प्रतियोगितामा विद्यार्थीको सहभागिता अझ उत्साहजनकरुपमा बढिरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस्