२३ हजार प्राविधिकलाई सलमानको सहयोग



बलिउड अभिनेता जतिसुकै सन्काहा र रिसाहा भए पनि मनको सफा छन्। उनी प्राविधिकहरुलाई गाह्रोसाह्रो पर्दा बिनाप्रचारप्रसार गुपचुपमा रुपमा आर्थिक वा अन्य सहयोग गरिरहेका हुन्छन्।

विश्व महामारीको रुपमा पैmलिइरहेको कारोना संक्रमण कोभिड– १९ का कारण आप्mनो देश पनि लकडाउनमा रहेका बेला यी अभिनेताले फेरि सहयोगको हात अगाडि बढाएका छन्।

बलिउड नगरीमा काम गर्ने मजदुरहरुका लागि लकडाउनका समयमा सलमानले सहयोगको हात अगाडि बढाएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता सलमान खानले बलिउड नगरीमा काम गर्दै आएका २३ हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेअनुसार पहिलो चरणमा हरेक प्राविधिकको खातामा ३/३ हजार भारतीय रुपियाँ नगद जम्मा गरिदिएका छन्।

सलमानले केही दिनपछि फेरि रकम पठाउने वचन दिएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय सञ्चार माध्यमलाई जानकारी गराएका छन्। सलमानले संघसँग मजदुरहरुको सूची मागेपछि संघले २३ हजार मजदुरको नाम पठाएको थियो। सोहीअनुसार सलमानले उनीहरुको खातामा नगद जम्मा गरिदिएका हुन्।

प्रतिक्रिया दिनुहोस्