सारिकासँगै योगेश काजीको मायाको सुगन्ध



कोरोना भाइरस कोभिड १९ को जोखिमलाई न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका बीच गीतसंगीतहरु सार्वजनिक भइरहेका छन्। यसै क्रममा योगेश काजी र सारिका घिमिरेद्वारा स्वरबद्ध गीत मायाको सुगन्ध सार्वजनिक गरिएको छ।

सारिका घिमिरेको शब्द तथा योगेश काजीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। यसको भिडियो भने कार्टुन्ज क्र्युको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

सार्वजनिक गरिएको केही घण्टामै युट्युबको ट्रेन्डिङमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मालगायतले अभिनय गरेका छन्।

डान्सिङ भिडियो निर्माण गर उत्पादन गर्दै आएको कार्टुन्ज क्रयुले यो गीतमाथि पहिलोपटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो तयार पारेको छ। यो गीतको भिडियो सम्भवतः नेपाली म्युजिक भिडियोको इतिहासमा अप्लोड भएको सबैभन्दा कम समयमा युटुब ट्रेन्डिङमा पहिलोपटक पर्न सफल भएको छ।

सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन्। भिडियोको दृश्य सम्पादन भने पवन शुस्लिङले गरेका छन्।
नायिका तथा मोडल सारिका घिमिरे पछिल्लोपटक गीत संगीतमार्फत् स्रोता र दर्शकका बीच आउन थालेकी छिन् भने योगेशकाजीका गीत पनि एकपछि अर्को स्रोता र दर्शकको रोजाइमा रहेका छन्।

यो जोडीले पछिल्लो समय स्रोता र दर्शकमाझ पस्किएका गीतले चर्चा पाउनका साथै युट्युबको ट्रेन्डिङमा पर्दै आएका छन्। ‘एस इन्टरटेनमेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत मायाको सुगन्ध स्रोता र दर्शकमाझ प्रस्तुत गरेका छौँ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथसहयोग पाउने आशा गरेको छु’ –योगेश भन्छन्।

प्रतिक्रिया दिनुहोस्