नेपाली भर्सनमा हनुमान चालिसा भजन



हनुमान चालिसाको नेपाली भर्सन भजन सार्वजनिक भएको छ। पर्दै गुरु शरणमा म विनम्रताले बोलको भजनमा भानुभक्त न्यौपानेको अनुवाद तथा भविन ढुंगानाको संगीत र स्वर छ।

वसन्ततिलका छन्दमा तयार पारिएको भजनमा हनुमानको गुणगान गाइएको छ। भिडियो टे«निङ नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतकार भानुभक्तका अनुसार सम्भवतः हनुमान चालिसालाई नेपाली भर्सनमा भजनमार्फत ल्याइएको यो पहिलो अवसर हो।

‘मैले निकै मेहनतका साथ हनुमान चालिसालाई नेपालीमा अनुवाद गरेर यो भजन बनाएको छु’, गीतकार न्यौपाने भन्छन्, ‘अहिलेको जटिल परिस्थितिमा घरमै भगवान्को नाम सम्झनाका लागि यो गीतले सहयोग पु¥याउनेछ।’

प्रतिक्रिया दिनुहोस्