जनताले धारे हात लाए !



-बैकुण्ठ दाहाल

जे थियो आश
तिमि बाट हिजो
निराश छन् आज
तिम्र‍ो ताउ देखेर ।

केटा केटि आए
गुलेलि खेलाए
मट्याङ्राको सत्यनास
तिमिले देखाएउ रे
हिजो नर्सिन्ह नाच ।

तिमिले पुरानै भजन गायौ
गोकुल धाममा खैजडि बजाए
खुमलटारमा खुट्टा ताना तान छ
बुडानिलकण्ठमा थपडि बजाए
जनताले धारे हात लाए ।

 

प्रतिक्रिया दिनुहोस्