प्राकृतिक जीवन र वर्तमान परिवेश

0
Shares

पुष्पराज भट्टराई ।

मान्छेको जीवनमा परिस्थिति स्वादिला र बेस्वादिला हुँदा रहेछन् ।अस्तिजस्तो लाग्थ्यो बाल्यकाल । यो अवधिमा थुप्रै कुरा फेरिए छन् । बिगत सम्झदा समाजबाट थुप्रै कुरा हराएको जस्तो लाग्यो। चाल  चलन फेरिए। गाउँ घरको परिचय फेरियो ।समाजबाट पुरानो पुस्ता अस्ताउदै गए ।

समयले सबैलाई पालो दिँदो रहेछ । उहिले भकारीभरि धान र कोदो हुन्थ्यो । थाङ्ग्रामा मकै झुन्डिन्थे । बोराभरि नुन, बारिभरि तरकारी र मधुसभरि मरमसला हुन्थ्यो। टाट्नामा दुईचारवटा लाम्काने खसीबोका हुन्थे । एउटा दशैलाई अर्को देवलीलाई। गोठमा दुईमाउ लैना भैंसीहुन्थे। एउटा वर्षालाई अर्को हिउँदलाई । दुध बाह्रै महिना उपलब्ध हुन्थ्यो। चिया खाने उतिसारो चलन थिएन । दूधै पिउँथे । चिया चिनीको चिन्ता थिएन। धेरै जसो साकाहारी थिए ।मासु खानेले वनमा तितेपाती खाएर हुर्केको स्वादिलोखसी खान्थे । सुई घोचीघोची ३ किलो बनाएको बोईलर खाने चलन थिएन । भेटेसम्म लोकल कुखुराको भाकल चढाउँथे । साग सुकाएर गुन्द्रुक,मुला सुकाएर सिन्की बनाउँथे ।आलुमा मास मस्याङ मिचेर मस्यौरा बनाउँथे ।पिडालु र कर्कलो काटेर चुल्ठो पारि झुन्ड्याउँथे ।मसलाका लागि दलिन र बार्दलीमा खुर्सानी र लसुनका पोटी झुन्ड्याउँथे । अनिकाल,महामारी र खडेरीका लागि काम लाग्ने यस्ता ड्राईफुड घरघरमा हुन्थे । किनेर खानेखासै चलन थिएन । असारे मेलो र मंसिरे हतारमा भुलुक्क उमालेर भान्साको खरखाँचो टार्थे । बिहान सबेरै उठ्थे ।धारा कुवामा नुहाउँथे । तुलसीको मठमा बसेर सन्जे भन्थे । गायत्री माला जप्थे ।जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो।कसैले वेद पाठ गर्थे। कसैले पाञ्चायन पुजेर खान्थे ।घरघरमा भुतप्रेत नखेलोस् भनेरशंख बजाउँथे । कतिले गुणरत्न मालाका श्लोकबद्ध गर्थे ।बिहान बिहानै गरिएको नियमित पाठले प्रायः श्लोक कण्ठ हुन्थे ।स्मरण  शक्ति तेजिलो हुन्थ्यो ।

आमा, हजुरआमा पँधेराको पानी ल्याएर भान्साको काममा लाग्नुहुन्थ्यो । शिलौटामा अकबरे खुर्सानी र जिरा पिस्नु हुन्थ्यो । उहाँहरुका हात दह्रा हुन्थे।बा, काकाहरु मोही पार्थे ।घार्रघुर्र पार्दा पुरुषका मसल दह्रा हुन्थे। छेउमा बसेका केटाकेटी नौनीका डल्ला हान थाप गरेर खान्थे । मैलाधैला भए पनि केटाकेटी रातापिरा देखिन्थे । बिहानभरि महिलाहरु घरको लर्याङलुरुङ काम गर्थे ।पँधेराको पानीभर्थे ।पुरुषहरु बस्तुभाउको चाकर गर्थे । हिउँदमा डाले घाँसको भारि ल्याउथे । खेतबारीमा पानीलाउँथे ।घरगोठ र खेतीपातीको कामले महिला पुरुषलाई कसरत पुग्थ्यो। खाना राम्ररी रुच्थ्यो । कसैलाई मर्निङ वाकको जरुरत थिएन । खानेकुरा अर्गािर्नक थियो । कुनै किसिमको मिसावट थिएन। रिफाइन गरेकोतेल आएकै थिएन ।शुद्धघ्यू को भुटुन हाल्ने चलन थियो । केटाकेटीहरुको दोको रोटी,मकै भटमास खाजा खान्थे । कहिले काहीँ घ्यूमा भुटेको चाम्रे हुन्थ्यो । फर्सी उसिनेर खाजा खान्थे । बियाँ भुटेर अचारको छोप बनाउँथे । खाजामा जंकफुड थिएन । ग्यास्ट्रिक कसैलाई थिएन । जरुवाको शुद्ध पानी पिउँथे । लसुन टिमुर पानीको भरमा बिरामी निको हुन्थे । मह र घ्यूहर्पे भरि हुन्थ्यो ।समय समयमा लेकबेसींका जडिबुटी मिलाएर औषधि बनाउँथे । कुबेरको बगैचा जस्तो करेसाबारि हुन्थ्यो । असुरो, धतुरो, टिमुर, तुलसीजस्ता जडिबुटी बारिमा रोप्थे । नयाँफल पाकेपछि पहिलो फलनदी खोलामा लगेर चढाउँथे । न्वागी खाएर मात्रै नयाँ अन्नबाली भित्याउने चलन थियो।एक क्वीन्टलको धोक्रो जुरुक्कै उचाल्थे । गाउँबेसीं गर्थे। पिठ्युँमा कोदो चामल बोकेर हाटबजार गर्थे। मोही पारेर अगेनामा नौनीको धुप हाल्थे ।घरभरि बासना चल्थ्यो । लामखुट्टे भिंmगा बस्दैनथे ।दलिनमा गौंथलीले गुड लाउँथ्यो ।घरमा माकुरो साङ्लो बस्दैनथ्यो ।सरसफाइको ख्याल हुन्थ्यो। अहिले झैं कोठैपिच्छे वासरुम थिएन । घरदेखि टाढा दिसापिसाब गर्ने हगनगौडी हुन्थे। दिसा गर्दा पानीले धुनेर लुगा फेरेर गर्ने चलन थियो । दिसापिसाब गर्दा प्रयोग भएको कपडाले खानु नपरोस् भनेर धोती फेरेर ढिँडो रोटो खान्थे । सके खरानी नसके रातो माटोले हात धुन्थे ।बाहिर गएर आएकाले आगो नछोई कसैलाई छुदैनथे ।मलामी गएकाले खरानी छर्केर घरभित्र छिर्थे । जीवाणुको भयबाट जोगिने तरिका अनौठो थियो।

भान्साको नियम सबैले पालना गर्थे। झर्के थाल, काँसे कचौरा, तामे अम्खोरा, किटको कराई,भड्डुको कसांैडीको प्रयोगले भान्साको शोभा दिन्थे। खानुभन्दा पहिले औसानी हाल्नेर बलि वैश्णदेव हुन्थ्यो । गाई, काग र कुकुरको भाग सारिन्थ्यो । देवपितृलाई सम्झेर चढाइन्थ्यो । घर बाहिर चढाएको खाने कुरा खाँदा चराचुरुङ्गी रमाउँथे । अगेनामा अग्नि देवतालाई चढाएर मात्रै आफू गाँस हाल्थे । खाना खाएपछि मोहि पिउँथे । मोहिले खानापचाउन मद्दत गर्थ्यो । बिहानैतामे अम्खोराको पानी पिउथे । यसले कब्जियत खुलाउथ्यो। बेलुका सुत्ने बेलामा चाहिँ मनतातो दुध पिउँथे । तातो दुधले हर्टएट्याक हुनबाट जोगाउँथ्यो । निद्रा लगाउँथ्यो । पिता पुर्खाका सम्झनामा बाटो घाटोमा बरपीपल रोप्ने चलन थियो। बरपीपललाई भगवान् विष्णुको रुपमा पूजा गर्थे। पितृको नाममा धारा, पाटीपौवा, चौतारो बनाउँथे, पोखरी खनाउँथे । पानीको मुहानमा नागको पूजा गर्थे।फोहोर गरे पापको डर लाग्थ्यो। गाउँठाउँमा खनेकापोखरीमा वर्षाको पानी रिजर्भ हुन्थ्यो । ईनार,धारा र कुवामा बाह्रै महिना पानी टुट्दैनथ्यो । पोखरीको बीचमा मौलो गाडिन्थ्यो ।मौलोको धार्मिक भाव सबैलाई बुझाइन्थ्यो ।साँझ घाम नअस्ताउँदै बोलुकिको खाना खाने चलन थियो। बुढापाका भाका हालेर छन्द, लयमा रामायणर महाभारतका श्लोक वाचन गर्थे ।हजुरबा, आमा नातिनातिनालाई कथा सुनाउँथे । कथा सुन्ने बानीले केटाकेटीमा आत्मा विश्वासर आँट भरिदिन्थ्यो । बाल मनोविज्ञानको व्यवहारिक प्रयोग गरन्थ्यिो । रेडियोको महत्वनिकै थियो।बिहानबेलुकाको समाचार सबैले सुन्थे । गाउँघरमा सिको फाईभ घडीको निकैइज्ज त्थियो।

वर्षामा पर्म लगाएर खेती लगाउने चलन थियो । असारे भाकाले टारी खेत घन्किन्थे । हिउँदमा लेकका सम्धीसिन्की लिएर धान उठाउनबेसीं झर्थे ।बेसींका सम्धी आलुको बीउ साट्नजेठी र कान्छीपाथी भर्थे । समाज ऐंचोपैंचोमा चलेको थियो। बेग्लै आनन्द लाग्थ्यो प्राकृतिक  जीवन । सरल जीवनभित्र छलकपट थिएन ।लेक र बेसीं गरी गोठ सारेर खेतबारी मल्ने चलन थियो ।गहुँत र गोबरले माटो मलिलोर पोषिलो हुन्थ्यो । उब्जनी टन्न हुन्थ्यो। रासायनि कमल हालेर खेती गर्ने चलन थिएन् । अन्नपात विशुद्ध अर्गािर्नक उब्जिन्थ्यो । घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो। यदाकदा ठुलो महामारीले सामुहिक ज्यान गएको सुनिन्थ्यो ।नत्र दुर्घटनाका समाचार सुनिदैनथ्ये । खानपिन विशुद्ध प्राकृतिक थियो । आचरण आध्यात्मिक थियो।पोषण प्राकृतिक थियो।प्रकृति प्रेम अनौठो थियो ।प्रकृतिलाई ईश्वरका विभिन्न रुप मानिन्थ्यो। प्रकृतिलाई सबैले पूजा गरुन् भनेर भगवानका विभिन्न अवतार मानिन्थ्यो।ढुङ्गादेखि, तुलसीसम्म, बरपीपलदेखि नदीनालासम्म सबैलाई सम्मानका साथ पुज्थे । जीवजन्तुलाई भगवानका बहान र अवतार मानिन्थ्यो। कागदेखि कुकुरसम्म सबैलाई कुनै न कुनै रुपमा पुजिन्थे ।

सदियौंदेखि प्राकृतिक जीवन बाँचेका हाम्रा पुर्खाको जीवन अहिलेको भन्दा निकै सुरक्षित थियो । न इबोला थियो, न डेङ्गु, न सार्स थियो । न त कोरोनाको महामारी, न त कुनैआयातीत रोग नै थियो। के हामी अब हाम्रा पुर्खाको विरासत फर्काउन र जोगाउन सक्छौं होला त ?समाजमा भित्रिएको प्रविधिले हाम्रा पुर्खाले बाँचेको प्राकृतिक जीवनमा फर्काउला त ?त्यो चाहिँहेर्न बाँकी छ ।

अहिले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको सन्त्राश जताततैछ । सरकारले यस महामारीबाट देशलाई बचाउन सबै राज्य संयन्त्र प्रयोग गरी लकडाउन गरेको अवस्था छ ।मानवीय क्षति नहोस् भनेर जनतालाई घरबाट बाहिरजान रोक लगाएकोछ ।

यति खे रशहरको सानो कोठामा कोचिएर कोरोना कहर खप्नु पर्दा कतिपयले आफ्नो गाउँ र बाल्यकाल झल्झली सम्झेर विगतका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । केही त काठमाडौं लगायतका शहरको बसाइ छाडेर गाउँ फर्केका छन् ।काम गर्नका दुखले शहर पसेका अहिले गाउँ फर्केको देखेर केहीले गाउँको महत्व बढेको  महशुस गरेकाछन् । कोभिड–१९ कोरोना भाइरसले गर्दा नेपाली समाजबाट हराउँदै गएकोप्राकृतिकजीवनशैली फर्काउनेलक्षणदेखिनथालेकोछ ।मान्छेले विदेश पुगेर देश सम्झिन थालेकाछन् । शह रपसेकाहरु गाउँको याद लिएर फर्किदैछन् । अन्धविश्वासर ट्रयाडिसनल भनिएका कतिपय चलनसही ठहरिएका छन् ।कतिपयलाई शहरबाट कोरोना भाइरस लिएर गाउँमा आयो भनेर मनभरि घृणा र त्राश भरिएको छ।खास गरी यता काठमाडौंमा निसास्एिर बसेकाहरुको दिनचर्या सामाजिक सञ्जालमा अल्झेको छ । अलि राजनीति गरेका टाठाबाठाले सरकारलाई सुझाव पोष्ट्याएका छन् । कतिपयले त क्वारेन्टाइनको बसाइलाई ठुला चाडपर्वझै ठानेर खानपिन, भेटघाट,जुवाताससग साटासाट गरेकाछन् । विदेशबाट फर्केकाले टोल छिमेकीलाई अनुभव साटिरहेछन् । सबैलाई एक किसिमको फुर्सदमिलेको छ ।गाउँ पुगेकाहरु बुढापाकासँग भेटघाटमा व्यस्त देखिन्छन् । यो भेटघाट भने गलत समयमा भइरहेको छ ।केहीले पोस्ट गरेका सामग्री त मन छुने मात्रै होइन वास्तविकतासँग नजिकैछन् । संसार धुरुधुरु रोइरहेको छ ।शक्तिशाली देशहरू पनि कोरोनाको महामारी अगाडि घुँडा टेकिरहेका छन् । विश्व स्वास्थसंगठनले महामारीका विरुद्धमा लड्न प्राकृतिक उपचा रअन्तिम उपाय भएको घोषणा गरेको छ । एकातिर महामारीलाई सन्दर्भ बनाएर पोस्ट गरिएका कतिपय सामग्रीलाई हेर्दा लाग्छ नेपाली समाजको प्राकृतिक रुपान्तरण हुँदै छ ।अर्को तिर हेर्दा वास्तवमा हाम्रा पुर्खाले बाँचेको प्राकृतिक जीवन हाम्रो पुस्ताले बाच्न पाउदैन त ? के हाम्रा खुसी खोसिएकै हुन त अब ?के ती दिन फर्केर आउदैनन् ?

हुन पनि नयाँ पुस्ताले पत्याउनै नसकेको परिवर्तन छ समाजमा । बाह्रवर्षमा खोलो फर्किन्छ भनेर बुढापाकाले भन्ने गरेको उक्ति यति बेला नेपाली समाजले महशुस गरेको छ । महान दार्र्शिनक रुसोको ‘प्रकृतितर्फ फर्क’ भन्ने भनाइ आज व्यवहारमा देखिने सम्भावना छ ।यो महामारी नेपाली समाजको संरचनाका लागि अभिषाप मात्रै होइन वरदान सावित हुने देखिएको छ । वर्षौंदेखि बाँझिएका बारिका पाटा र खेतका गरा अनि खोरियामा यसपालि खेती हुने भा छ । बा आमाला ईएक्लै छाडेर जानेहरु घर फर्किन थालेका छन् । लजाइ लजाइ भएपनि करेसाबारी खने  खोस्रेको फोटाहरु सामाजिक सञ्जालमा अपलोड हुन थालेका छन् ।छिमेकीका छोराले यति कमाए उता घडेरी  जोडे ,फलानो अमेरिका पुग्यो भनेर कचकच गर्नेहरु घरबाट बाहिर नजा भन्न थालेका छन्।श्रीमान्लाई विदेश पठाएर गाउँ शहरमा उधुम मच्चाउने पठ्ठिहरु भो पर्दैन पैसा कमाउन,घर आउ भनेर भाइबर, ≈वाट्सअप र मेसेन्जरमा मेसेज लेख्न थालेका छन् ।बा आमाले स्याहार सुसार गरेको घरमा ,घिन मानिमानि देखावटी काम हुन थालेका छन् । घर कोठाका माकुराको जालो फाल्न थालेका छन् । मुसाले काटेका सिरक डस्ना सिलाउन थालेका छन् ।वृद्ध बाआमालाई हेलागरेरशहरपसेकाहरु निलो अनुहारलिएरगाउँफर्किदाकोअनुभवधेरैलाईभाको छ ।अब यो महामारीअभिषाप मात्र होईन, नेपालीका लागि गाउँ वस्ती बनाउने अवसर बनोस् । विदेश होइन, देश बनाउनुपर्छ भन्ने घैंटामा घाम लागोस् ।संसारका जुनसुकै कुनामा पुगे पनि आखिरमा देश र गाउँघर चाहिँदो रहेछ भन्ने आँखा खुलोस् । नयाँ पुस्ताले आफ्नो धर्म,चालचलन, वृद्ध बाआमा र अग्रजले भनेका कुरा सही रछन् भन्नेबुझून्।आफन्त घरमा आउँदा नमस्का रगर्न लगाउँदा लाजले रातोपिरो हुनेहरुलाई यसरी सिकाइएको संस्कारमा कति वैज्ञानिकता रहेछ भन्ने चेतना बढोस्। सबैलाई प्राकृतिक जीवनको शुभकाना ।