मधेसमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय


काठमाडौँ।

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको आइतबार बसेको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ।