श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न पुगेपछि कोरोना संक्रमित


एजेन्सी । श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक जनलाई कोरोना संक्रमण भएको छ ।

बेलायतका एक व्यक्ति श्रीमतीलाई ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । ती व्यक्तिले श्रीमतीलाई बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका थिए । ब्रिटेन पुगेका उनी त्यहाँबाट प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी केही दिन प्रेमिकासँगै बसेका थिए ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका छन् । तर, उनको नाम भने गोप्य राखिएको छ ।

उक्त व्यक्तिकी पत्नीलाई पनि आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।