विद्यालयबाट फर्कँदै गरेकी बालिका वृद्धबाट बलात्कृत



न्युज अफ नेपाल, काठमाडौं ।

विद्यालयबाट फर्कँदै गरेकी १२ वर्षिया बालिका ७७ वर्षीय वृद्धबाट बलात्कृत भएकी छिन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई भट्टले ललाईफकाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्