३९ शिक्षकको पदस्थापन



काठमाडौं,(नेस) ।

काठमाडौं महानगरपालिकाका २० वटा सामुदायिक बिद्यालयमा २९ जना शिक्षक पदस्थापन गरिएको छ ।

 

गत बर्ष असोज महिनामा लिएको खुल्ला प्रतिस्पर्धात्मक परीक्षाबाट छनौटमा परेका शिक्षकलाई बुधबार पद तथा गोपनीयताको शपथ खुवाएर बिद्यालयगत पदस्थापन गरिएको हो । प्रतिस्पर्धाबाट छनौटमा परेका शिक्षक शिक्षिकालाई शिक्षा बिकास तथा समन्वय इकाइमा शिफारिस गरिएको थियो ।

 

पदस्थापन हुनेमा विज्ञान र अंग्रेजीका ४–४ , गणितका ८, नेपालीका ६ जनालाई नियुक्ति गरिएको छ । त्यस्तै कार्यालय सञ्चालन र लेखातर्फ ३, कम्प्युटर बिज्ञानतर्फ १ र सामाजिकतर्फ ३ जना शिक्षक पदस्थापन भएका छन् । नियुक्त पाएका शिक्षकलाई कामपाका मेयर विद्यासुन्दर शाक्यले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै मेयर शाक्यले शैक्षिक योग्यताको उपयोग गरेर सामुदायिक शिक्षामा अभिभावकको बिश्वाश जगाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो । पुरानासँग अनुभव धेरै छ, नयाँमा उत्साह बढी छ । यी दुवै पक्षलाई मिसाएर महानगरका सामुदायिक शिक्षामा सुधार भयो भन्ने अभिभावकमा आशा जगाउन सकिन्छ–उहाले भन्नुभयो ।

 

कामपा शिक्षा बिभागका निमित्त प्रमुख तारापति खरेलले आदर्श शिक्षाका लागि सामुदायिक बिद्यालयको अध्यापन बिधिमा नया अवधारणा अबलम्बन गरिनुपर्ने बताउनुभयो ।

 

बिद्यार्थीलाई काम दिइरहनु पर्छ यसले सहभागिता बढाउँछ, कार्यमुलक अनुसन्धानमा लगाउनुपर्छ, अनुभव गराउनु पर्छ, व्याख्या गर्नुपर्छ र मुल्याङ्कन गर्नुपर्छ उहाको भनाई थियो ।

 

उहाँले अष्ट्रेलिया, डेनमार्कलगायत देशको सिकाइ अभ्यासका बारेमा चर्चा गर्दै यो बिधि नेपाली शिक्षा प्रणालीमा कार्यान्वयन गर्न सकिने बताउनुभयो । सामुदायिक बिद्यालयका शिक्षकहरुको काम गर्ने तरिकाका बारेमा चर्चा बिभागका शाखा अधिकृत मोती भट्टराईले — शैक्षिक पात्रो बनाएर पाठ योजना अनुसार शिक्षण बिधि अपनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्