कोरोना भाइरसले गर्दा विश्व मृगौला दिवस मनाइएन



न्युज अफ नेपाल, काठमाडौँ ।

 

अन्य वर्ष जस्तो यो वर्ष विश्व मृर्गाैला दिवसका अवसरमा विश्वमानै न कुनै र्याली भए न जनचेतनामूलक कार्यक्रम नै कारण विश्वमा नै यतिबेला कोरोना भाइरस कोभिड १९ले व्यापक स्वास्थ्य समस्या ल्याएकै कारण कहि कतै मृगौला दिवस मनाउने वातावरण बनेन् ।

 

सन् २००६ देखि विश्वमा मृगौला दिवस मनाउँदै आएको र नेपालम ापनि मृगौला दिवसको शुरुवात पछि सन् २००८ बाट नेपालको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा नै मृगौला प्रत्यारोपणको थालनी भएको मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्ले बताउनुहुन्छ ।

 

डा.काफ्लेका अनुसार बिगतका बर्षमा विश्व मृर्गौला दिवसका अवसरमा आफु लगायतको टोली मृगौला बचाउ अभियानमा जनचेतनाका लागि गाउँ गाउँ र जिल्ला जिल्लामा पुगी स्वास्थ्य शिविर संचालन गर्ने देखि र्याली, जनचेतना मुलक कार्यक्रममा व्यस्त हुने गरेकोमा यो बर्ष कोरोना भाईरसका कारण कहि कतै त्यस्ता भेला, सेवामूलक कार्यक्रम गरिएन् ।

 

तर नेपालले दिवस मनाउन थाले देखि मृगौला उपचारका लागि निकै उपलब्धि हासिल गरेको छ । शुरुका दिनमा विदेशमा निर्भर हुनुपर्ने र घरखेत बेच्नुपर्ने अवस्थालाई अहिले आएर सरकारले नै मृगौला रोगीलाई सहयोग उपलब्ध गराएकै कारण सहज भएको छ । मृर्गौला रोग झट्ट नदेखिने भएकाले विश्वका मृर्गौला रोग विशेषज्ञहरुको निष्कर्षले चेतना जगाउनकै लागि विश्व मृगौला दिवस मनाउन लागेको जानकारी गराउनुभयो ।

 

आफैले आफ्नो मृगौला ठीक छ भन्नका लागि बर्षमा एकपटक स्वास्थ्य परिक्षण गरेर मात्र भन्न सकिन्छ । बिकासोन्मुख देशले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनका लागि जनचेतना जगाउनु जरुरी भएको कुरा औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्