मौरीपालक कृषकलाई घार वितरण



शिक्षा पन्त, लमजुङ ।

व्यवसायीक मौरीपालनका लागि सुन्दरबजार नगरपालिका–५ गहतेका १६ जना मौरीपालक किसानलाई मौरीको घार वितरण गरिएको छ ।

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र आईसीसीओ कोअपरेशनद्धारा संचालित इमरजी दोस्रो परियोजना र सुन्दरबजार नगरपालिका–५ गहतेको समन्वयमा बितरण गएिको हो । बाँगेडाँडाको बाँगेडाँडा बहुउद्धेश्य आर्गनिक मौरीपालन कृषि समूहमा आबद्ध किसानलाई मौरीको घार वितरण गरिएको आरसीडीसीका कार्यकारी निर्देशक प्रेमबहादुर भट्टराईले बताउनुभयो ।

किसानलाई मौरीपालनमा लगाई आत्मनिर्भर बनाउन सहयोग गरिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रलाई मौरीको पकेट क्षेत्रको रुपमा पनि बिकास गरिने भएको छ । किसानले मौरीघार पाएपछि खुसी व्यक्त गरेका छन् । मौरीलाई बढाउँदै लैजाने र व्यवसायीक बन्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्