कृषि शाखामा आगलागि, एकजना घाइते 



विमल विष्ट, डोटी ।

डोटीको जोरायल गाउँपालिकामा हरेको कृषि शाखा उपकेन्द्रमा आगलागि भएको छ । आगलागिका कारण कार्यालयको एक कोठा जलेर नष्ट भएको बताइएको छ ।

बुधबार बिहान करिब ४ बजेतिर भएको आगलागिका कारण सो कार्यालयमा बस्दै आएका ४५ वर्षीय कार्यालय सहयोगी बलबहादुर खड्का लजेर गम्भिर घाइेते भएका छन् ।

जलेर गम्भिर घाइते भएका खड्कालाइ उपचारकालागि कैलाली तर्फ लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि शाखा उपकेन्द्रमा आगलागि हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ,आगलागिको बारे बुझन प्रहरी टोली खटिएको छ, बिस्कृत खबर आउन बाँकी छ ।”

उक्त कार्यालयमा भएको आगलागि स्थानीयबासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बुधवार बिहान ५ बजेतिर मात्रै नियन्णमा लिएको स्थानीयबासी लोकेन्द्रबहादुर छेडालले जानकारी दिनुभयो ।

कार्यालयमा के कसरी आगलागि भयो भन्नेबारै यकिन खबर नआएपनि बिद्युत लाइन सर्ट भएका कारण आगलागि भएको हुँन सक्ने स्थानीयबासीको अनुमान रहेको छ ।

आगलागिका कारण कम्तिमापनि ८/१० लाख बराबरको क्षती भएको हुन्सक्ने प्रहरीको अनुमान हरेको छ । यसैबिच डोटीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य तथा संघीय सांसद प्रेमबहादुर आलेमगरले जोरायल कृषि उपकेन्द्रमा भएकोलागिको घटना बारे दुःख व्यक्तगर्नु भएको छ ।

सांसद आलेमगरले एकबिज्ञप्ति प्रकासित गरी आगलागिको घटना निकै दःखदायि भएको र आगलागिमा परि घाइते भएका कार्यालय सहयोगी खड्काको शिघ्रस्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्