हतियार प्रहार गर्ने पक्राउ



काठमाडौं, (नेस)
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका ९ बाट धारिलो हतियार प्रहार गरी घाइते बनाउने २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला धनकुटा त्वाल्छा छिन्ताङ सहिद थुम घर भई स्विचाटार बस्ने लक्ष्मी थापा मगर र हेमबहादुर थापा मगर रहेका छन्। आपसी विवादमा निजहरूले सोही स्थान बस्ने महिलालाई धारिलो हतियार खुकुरी प्रहार गरेका थिए।
त्यसैगरी, महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले जमलबाट धारिलो हतियारसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घरभई काठमाडौं जडीबुटी बस्ने सुनिल कार्की रहेका छन्। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा कार्कीलाई चेकजाँच गर्दा उनको साथबाट थान–१ खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्