मूर्तिकार हत्या आरोपी पक्राउ



हेटौंडा, (नेस)।
ललितपुरका एक मूर्तिकारको हत्या गरी फरार रहेको आरोपमा मकवानपुरगढीका एक युवा करिब ७ महिनापछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१, पिङडाँडाका १९ वर्र्षीय आरुष थिङ रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाउँबाट पक्राउ गरेको हो।
थिङमाथि ललितपुर महानगरपालिका–९, गुह्यपोखरीका मूर्तिकार उदयपुर कटारीका हरि खड्काको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार साउन २८ गते साँझ खड्का मृत अवस्थामा फेला परेका थिए। अनुसन्धानका क्रममा मकवानपुरगढी गाउँपालिका–१ का उनीसहितले कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्नमध्ये खोजी भइरहेका आरुषलाई पक्राउ गरिएको र कानुनी कारबाहीका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्