‘शान्तिपूर्ण होली’ मा १८ जना पक्राउ



हेटौंडा, (नेस)
प्रहरीले ‘शान्तिपूर्ण’ भनेको सोमबारको होली पर्वमा १८ जना पक्राउ परेका छन्।
हेल्मेट नलगाई मोटरसाइकल चलाएका, मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका, मोटरसाइकलमा ३ जना चढेका, इच्छाविपरीत रंग तथा लोला हान्ने र एक–आपसमा झगडा गर्ने १८ जना र १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको हो।
होलीको अवसरमा मकवानपुरको समग्र शान्तिसुरक्षाको स्थिति सामान्य रहेको, होली पर्वलाई मर्यादित, उल्लासमय, शान्त, सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय र मातहतसमेतबाट ३ सय २४ प्रहरी परिचालन गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्