सडक दूर्घटनामा दुईको मृत्यु



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा मंगलबार राती भएका छुट्टाछुट्टै सडक दूर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएकाछन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दाड.ग जिल्ला निवासी ५३ वर्षीय विमल चन्द्र सुवेदी र गोर्खा पालुड.गटार १० का ३५ वर्षीय ज्ञान बहादुर कुंवर रहेकाछन् ।

कुवरलाई रातको समयमा ना ३ च २२६१ नम्वरको बलेरो जिपले पूर्व पश्चिम राजमार्गको गैडाकोट स्थित जनक मावि अगाडि ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गंभिर घाईते कुवरको नयां मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसै गरी बुलिड.गटार १ तरांगखोलामा भएको जिप दूर्घटनामा परी घाईते भएका पांच जना मध्ये विमल सुवेदीको पनि नयां मेडिकल कलेज भरतपुरमा उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गैडाकोटबाट बुलिड.गटार तर्फ जादै गरेको अ यो ००२७ नम्वरको बलेरो जिप पहाडी बाटोको तरांगखोलामा सडकबाट करिव १ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

सो दूर्घटनामा परेका अन्य घाईतेमा चितवन राप्ती ४ का २२ जिप चालक वर्षीय निर्जल हुमागाई, रौतहट बाग्मति ४ का ३९ वर्षीय दल बहादुर सलामी मगर रहेकाछन् । यसैगरी नुवाकोट ककनी ४ का २६ वर्षीय रितिक लामा र ठेगाना नखुलेका २६ वर्षीय गौतम घले पनि घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्