तीनमहिने अभियान गर्दै नेकपा



म्याग्दी, (नेस)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीले तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ। नेकपा म्याग्दीको वैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म विभिन्न कार्यक्रमसहित पार्टीको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

नेकपा म्याग्दीले केन्द्रीय कमिटीको निर्णय तथा गण्डकी प्रदेश कमिटीको विशेष निर्देशनअनुसार जिल्लाभर तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

उक्त अभियानका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देवबहादुर घले, अन्नपूर्ण गाउँपालिकामा देवेन्द्रबहादुर केसी र कुलवीर राम्जाली, रघुगंगामा विनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ।

यसै गरी मंगलामा टेकबहादुर विक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली, धवलागिरिमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी तोकिएको नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार तीनमहिने अभियानमा जिल्ला सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य पनि सम्बन्धित स्थानीय तहमा हुने पार्टीको कार्यक्रममा खट्ने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्