डा.सुदिपलाई ५ लाख पुरस्कार



काठमाडांै, (नेस)

नेपालमा क्यान्सरको उपचार तथा नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायशी फाउन्डेसनले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायशी फाउन्डेसन पुरस्कार–२०२०’ प्रदान गर्ने घोषणा गरेको छ।

५ लाख जापानी येन अर्थात् करिब ५ लाख नेपाली राशीसहितको हेल्थकेयर प्रोफेसनलतर्फको उक्त पुरस्कार डा. श्रेष्ठलाई आगामी जुनमा जापानमा हुने क्यान्सरसम्बन्धि विशेष सम्मेलनमा प्रदान गरिने उक्त फाउन्डेसनले जनाएको छ।
‘छैठौं कोबायशी फाउन्डेसन पुरस्कार–२०२०’ बाट थाइल्यान्डका डा. अरूनी देचाफुनकुल र हङकङका प्राडा. टोनी मोकलाई पनि प्रदान गरिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्