सिंह र यादव राष्ट्रिय सभामा



राजविराज, (नेस)

राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सप्तरीका शेखरकुमार सिंह चयन भएका छन् ।

सोही पार्टीको तर्फबाट प्रमुख सचेतकमा अर्का राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमारसिंह यादव चयन भएका छन् । यादवको पनि गृह जिल्ला सप्तरी नै हो । राजपा अध्यक्ष मण्डलको बैठकले सर्व सम्मतबाट सिंहलाई संसदीय दलको नेता र यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको सोमबार राजपाका केन्द्रिय महासचिव बिनोद सिंहले जानकारी दिएका छन् ।

राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिएपछि गत माघ ९ गते भएको निर्वाचनमा राजपाका तर्फबाट अन्य र अल्पसंख्यकको कोटामा उम्मेदवार बनेका सिंह र यादव निर्वाचित भई राष्ट्रिय सभामा पुगेका हुन् ।
दुवै स्थानीय जनतामाझ निकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्