उपकुलपतिद्वारा हर्ष व्यक्त



काठमाडौं, (नेस)

त्रिभुवन विश्वविद्यालयले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण सफल भएकोमा हर्ष व्यक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले त्रिवि शिक्षण अस्पतालको सेवा र विज्ञहरुप्रति विश्वास गरी सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा विश्वविद्यालय परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्दै सिधै स्वाथ्यलाभको कामना गरेको छ।
उपकुपति प्राडा. बास्कोटाद्वारा जारी विज्ञप्तिमा देशमा स्वास्थ्य सेवाको क्षेत्रमा अहम् भूमिका निर्वाह गरिरहेको त्रिवि शिक्षण अस्पतालप्रति प्रधानमन्त्रीको भरोसा विश्वासले त्रिभुवन विश्वविद्यालयको गरिमा अझ वृद्धि भएको उल्लेख छ।
प्रमको स्वाथ्योपचार सेवा गर्ने यस ऐतिहासिक अवसरबाट अस्पताल परिवारका साथै समस्त विश्वविद्यालय परिवार उर्जाशील बनेको र भविष्यमा अझ लगनशीलताका साथ कार्य गर्ने हौसला प्राप्त भएको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्