महिला मृत फेला



डोटी, (नेस)
दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार सोही वडा बस्ने ४५ वर्षीया राजु कामी मृत अवस्थामा फेला परेकी हुन्। शनिबार दिउँसो घरनजिकैको जंगलमा घाँस काट्न गएकी निज महिला आज आइतबार दिउँसो मृत अवस्थामा गाउँलेले फेला पारी जिल्ला प्रहरी कार्यालयमा खबर गरेको प्रहरीले जनाएको छ।
महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा लगिएको र सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीको मुद्दा फाँटले जनाएको छ। निज महिलाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्