नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ



बारा, (नेस)
प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली परियारलाई पक्राउ गरेको छ। नकडोलीलाई आइतबार पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
जितपुरसिमरा उपमहानगरपालिकको जितपुर बजारबाट उनलाई पक्राउ गरिएको हो। नकडोलीबाट राजनीतिक कागजात पनि बरामद गरिएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ घर भई नारायणी ब्युरो सदस्यसमेत रहेका नकडोली बारामा पार्टीको इन्चार्जको हैसियतमा काम गर्दै आएको मिश्रले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्