रूखबाट लडेर १८ वर्षीय किशोरीको मृत्यु



धर्मेन्द्र बिसी, अछाम ।

अछाममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ व्र्षीया दुर्गा शाहीको शनिबार बेलुका साँढे ४ बजेतिर घर नजिकै रहेको साजको रुखबाट लडेर उपचार गर्न सुर्खेत लैजाँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरी चौकी तुर्माखाँदले जानकारी दिएको छ ।

प्रहरी चौकी तुर्माखाँदका सहायक प्रहरी निरिक्षक लालबहादुर सुनारले उपचार गर्न लैजाँदै गर्दा दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै आईतबार बिहान ३ बजेतिर मृत्यु भएको खबर आफुलाई प्राप्त भएको बताए ।

पारिवारिक स्रोतका अनुसार समयमा नै उचार नहुँदा मृत्यु भएको हो । अछामको दुर्गम क्षेत्र भएकाले नाडा, तुर्माखाँद,गैटाणा, विनायक, दैलेख हुँदै सुर्खेत लैजाने क्रममा उनको बिचबाटोमा मृत्यु भएको हो ।

दुर्गा कालिकाश्वरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा हुन् । ‘रुखमा घाँस काट्ने क्रममा लडेर उनको टाउकोमा धेरै चोट लागेको थियो ।’

प्रतिक्रिया दिनुहोस्