अध्ययनशील पत्रकारिता गर्न आह्वान



नेपाल समाचारपत्र, ललितपुर ।

नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न आह्वान गर्नुभएको छ।

शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताउनुभयो।

कार्यक्रममा एकिकृत रूपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहणसमेत सम्पन्न भएको छ। प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्नुभयो।

मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भूमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सबैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत् भएको बताउनुभयो। क्रियाशील, अध्ययनशील, जिम्मेवारशील हुनुपर्नेमा जोड दिँदै उहाँले तथ्य र वस्तुगत कुराहरूको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्