मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते



न्युज अफ नेपाल, मकवानपुर ।

मकवानपुरमा वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। चट्याङ लागेर भिमफेदी गाउँपालिका–९ च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गम्भीर घाइते भएको विजयको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी विजयीकी श्रीमती २२ वर्षीया सविता घाइते भएकी छन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्