एकै साथ दश सवारी दुर्घटना, ९ विद्यार्थी सहित पन्ध्र घाइते



पुष्कर बुढाथोकी, भक्तपुर।

अरनिको राजमार्ग अन्तर्गत चुनदेवीमा एकै स्थानमा दश सवारी दुर्घटना हुँदा ९ विद्यार्थी सहित १५ जना घाइते भएका छन् ।
सुर्यबिनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ प ४६४७ नम्बरको काठमाडौं वर्ल्ड स्कुलको भ्यानले अगाडि गइरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा १६ च ४३६१ नम्बरको टाटा मोबाइलको पछाडि आउँदै गरेको बा ४१ प ४४०९ नम्बरको मोटरसाइकल, बा ३ ख ३३४९ नम्बरको बस, प्रदेश ३ बा २८३६ नम्बरको कार, बा ७० प ४४४५ नम्बरको मोटरसाइकल, प्रदेश नम्बर ३–०२–००७ प ९६६४ नम्बरको स्कुटर, प्रदेश नम्बर ३–०१–००३ क ४६४४ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०१–००३ क ४६४१ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०२–०१० प ३७६३ नम्बरको मोटरसाइकलसमेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा सवारी चालक र यात्रु गरी १५ जना घाइते भएको र उनीहरुलाई उपचारार्थ तत्कालै डा ईवामुरा अस्पताल सल्लाघारीमा लगीएको थियो ।
घाइते सबै उपचार पछि घर फर्किइएको प्रहरीले जनाएको छ ।घाईतेमध्य ९ जना स्कुल बसमा सवार बिद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्