चित्रकला प्रतियोगिताको प्रथम चरण सम्पन्न



काठमाडौं, (नेस)

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को आयोजना तथा फोकस एड नेपालको सहकार्यमा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्यमा उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिताअन्तर्गत प्रथम चरणका प्रतियोगिता सम्पन्न भएको छ।

प्रथम चरणअन्तर्गत फागुन ६ गते भक्तपुर जिल्लामा, गते १६ काठमाडौं जिल्लामा र २० गते ललितपुर जिल्लामा सम्पन्न भएको थियो। उक्त प्रतियोगिताको अन्तिम तथा फाइनल छनोट प्रतियोगिता राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका दिन फागुन २८ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिनेछ। अन्तिम चरणको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना तीनजना गरी दुई समूहबाट १२ जनालाई पुरस्कृत गरिनेछ भने अन्य सहभागीहरूलाई उपहार प्रदान गरिनेछ।

प्रथम चरणको प्रतियोगिता दुई समूहमा आयोजना गरिएको थियो। कक्षा ४ देखि ६ सम्म समूह ‘क’ का बालबालिकाले ‘म र मेरो विद्यालय’ तथा कक्षा ७ देखि ९ सम्म समूह ‘ख’ ले ‘हाम्रो संस्कृति, हाम्रो सम्पदा’ शीर्षकमा चित्र प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्