मन्त्रीकी छोरीको विवाहमा ८ अर्ब खर्च !



एजेन्सी ।

भारतमा यस्तो एउटा महंगो विवाहको घटना सार्वजनिक भएको छ। एक भारतीय नेताले आफ्नी छोरीको विवाहमा ८ अर्ब खर्च गरेका छन्।

कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले खर्चमा इतिहास रच्दै छोरीको विवाह गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कर्नाटकमा भारतीय जनता पार्टीका संकटमोचक भनेर समेत चिनिने दलित नेता श्रीरामुलुले छोरी रक्षिताको विवाह आगामी मार्च ५ मा तय गरेका छन्।

छोरीको विवाहमा नेतानीले पानी झैँ गरी पैसा बगाउँदैछन् । हैदरावादका एकजना उद्योगपतिसँग मन्त्रीकी छोरीको बिहे हुन लागेको हो। ५ तारिखमा हुने विवाहको पूजाआजा तथा भोजभतेर २७ फेब्रुअरीमै सुरु भैसकेको छ। ९ दिनसम्म चल्ने उक्त समारोह भारतमा यो दशककै सबैभन्दा महंगो विवाह हुने बताइएको छ।

यसअघि कर्नाटकमै जनार्दन रेड्डी नामका नेताले छोरीको बिहेमा करोडौँ खर्च गरी सबैभन्दा महंगो बिहेको रेकर्ड रोखका थिए। श्रीरामुलुले उक्त रकेर्ड तोड्नेछन्। मन्त्रीले छोरीको बिहेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका छन्।

विवाहमा भारतीय प्रधानमन्त्री मोदीसहित १ लाख पाहुनाहरुलाई निम्तो कार्ड पठाएका छन्। निम्ताकार्ड सँगै केशर, सुकुमेल, सिन्दुर, बेसार तथा अक्षता पनि पठाइएको छ। ४० एक्कड क्षेत्रफलमा फैलिएको प्यालेस ग्राउण्डमा उक्त बिहे समारोह हुँदैछ। जसमध्ये १५ एक्क्ड त गाडीको पार्किङका लागि मात्र छुट्टाइएको छ। पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्