५ जनालाई सिम्पल सम्मान



नेपाली साहित्य, संगीत र कलामा समर्पित सामाजिक संस्था सिम्पल आर्टस बानेश्वरको २२औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ।
राजधानीको मीनभवनस्थित एनके सिंह मेमोरियल ईपीएस स्कुलमा आयोजित एक समारोहबीच नायिका रेजिना उप्रेती, गीतकार एवम् पूर्वप्रहरी वरिष्ठ उपरीक्षक नारायणकुमार आचार्य, शिक्षासेवी संगीता श्रेष्ठ, व्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय एम्पायर दीपक थापा र साहित्यकार एव्म कलाकार मिठुकृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो। उनीहरूलाई फिल्म लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, बागमती प्रदेशका सांसद राजेन्द्रप्रसाद गुरुङ र गणेश दुलाल तथा सिम्पल आर्टस्का अध्यक्ष पुष्कर जंगमलगायतले सम्मान गरेका थिए।
समारोहमा कपन बानेश्वर साहित्यिक पत्रिकाले एनके सिंह मेमोरियल ईपीएस स्कुलका भाइस प्रिन्सिपल राजेन्द्र शर्मालाई कपन—बानेश्वर विशेष सम्मान प्रदान गरेको थियो।
सिम्पल आर्टस्का अध्यक्ष पुस्कर जंगमको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष तथा गायक सीताराम पोखरेलले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्