इलाम, (नेस) ।
लिग च्ययाम्पियन मच्छिन्द्र फूटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फूटबलको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मच्छिन्द्रले गोर्खा ब्वाईज रुपन्देहीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । निर्धारित र थपिएको अतिरीक्त समयमा दुबै टिम गोलरहित बराबरीमा खेलेपछि जितको छिनोफानो टाइब्रेकरबाट गरीएको हो, जसमा मच्छिन्द्रले बाजी मारेको हो ।
टाइब्रेकरमा रुपन्देहीका खेलाडी हमजातको प्रहार पोष्टमा लागेपछि मच्छिन्द्रलाई जीत सुम्पिन बाध्य बनेको थियो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, रन्जित धिमाल, बिमल घर्तीमगर, बुद्ध चेम्जोङ र दिनेश राजबंशिले गोल गरेका थिए । रुपन्देहीका लागि गौतम श्रेष्ठ, पाल्साङ लामा र फोडे फोफोनाले गोल गरेका थिए । मच्छिन्द्रका रञ्जित धिमाल म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैंयाँ प्राप्त गरे ।











प्रतिक्रिया