सडकमा सुख्खा पहिरो

0
Shares

पर्वत, (नेस)

हिमालीपारिको जिल्ला मुस्ताङमा कालिगण्डकी कोरिडोर खनिरहेको अवस्थामा जेसीबी खस्दा एक जनाको मृत्यु भएको छ।
कालीगण्डकी करिडोर निर्माणका लागि थासाङ गाउँपालिका ४ घाँसाको घैकुमा सडकमा काम गरिरहेको अवस्थामा सडकमाथिबाट आएको सुख्खा पहिरोले धकेलिएर जेसीबी खस्दा घटना भएको हो।
घटनामा परी मृत्यु हुनेमा जेसीबीका अपरेटर रहेको खुलेको भए पनि उनको पहिचान नखुलेको र उद्धारको काम चलिरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो। जेसीबी सडकबाट झन्डै ३ सय ५० मिटर तल खसेको छ भने उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।
जेसीबीमा अपरेटरबाहेक अन्य मान्छे थिए वा थिएनन् भन्ने बारेमा नखुलेका कारण उद्धारमा गएको टोलीले उद्धार कार्य सकेपछि मात्र विस्तृत जानकारी प्राप्त हुने प्रजिअ अर्यालको भनाइ छ।